दमक। दमक ४ मदन आश्रीत टोल घर भइ निम्स नेसनल अस्पताल दमकमा कार्यरत लेखा प्रमुख रोसन थापाले आज आफनो जन्मदिन दमक ९ स्थित बाल वृद्ध आश्रममा मनाएका छ्न।
बालवृद्ध आश्रममा रहेका १५ जना अनाथ बालबालिकाहरुलाई एकदिनको भोजनका साथै स्टेशनरी सामाग्री ,,पेन्सिल ,कलम लगायतका सामाग्री प्रदान गरेर उनले जन्मदिन मनाएका हुन ।
प्रतिनिधि सभा सदस्य महेन्द्रकुमारी लिम्बुको प्रमुख उपस्थितिमा थापाले आश्रममा पुगेर सो सहयोग गरेका हुन । सो अवसरमा आश्रमकि उपाध्यक्ष मन्दरा पौडेल ,सामाजिक ब्यक्तित्व सीता बस्नेत निम्स अस्पताल संचालक गणेश प्रधान लगायतको उपस्थिति रहेको थियो।सोहि अवसरमा साम्सद लिम्बुले आश्रमलाइ एकथान भटिचुलो सहयोग स्वरुप प्रदान गरेकी थिइन ।
थापाले जन्मदिन मनाउन गरिने फजुल खर्च कटौती गरेर यश किसिमको सहयोग गर्न पाउँदा खुशी लागेको बताए । साम्सद लिम्बुले युवा हरुमा यश किसिमको सहयोगको भावना जाग्नु सकारात्मक भएको बताउदै सो कामको प्रसम्सा गरिन ।