दमक/ दमकको मस्जिदमा रहेका मुश्लिम धार्मिक गुरु तथा शिक्षक बताउने १४ जनाको आरडीटी बाट कोरोना जाँच गरिएको छ ।

केहिबेर अघि कोरोना जाँच भएपनि यसको रिर्पोट भने सार्वजनिक गरिएको छैन ।

दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीका अनुसार आज १४ सहित अहिलेसम्म डेढ दर्जनभन्दा बढि मस्जिदमा रहेकाहरुको आरडिटी परीक्षण गरिएको छ ।

अब स्वाब परीक्षणका लागि पनि पठाईने जनाईएको छ । यस बिषयमा विस्तृत विवरण भने आँन बाँकी रहेको छ ।

Facebook Comments Box