दमक। दमक उध्योग बाणिज्य संघ दमकका पुर्व अध्यक्ष प्रकाश प्रसाईं र उहाकी पत्नी तथा कांङ्ग्रेस नेत्री रेगिना भट्टराई प्रसाईंले आज स्वास्थ्य संस्था, प्रहरी र सञ्चारकर्मिलाई स्वास्थ्य सामाग्री वितरण गर्नु भएको छ । दमक ६ मा रहेको दर्पण वचत तथा ऋण सहकारी संस्था संगको सहकार्यमा उहाँहरुले करिब १ लाख २० हजार रुपैयाँ मुल्य बराबरका सामाग्रिहरु उपलब्ध गराउनु भएको हो ।

विश्वव्यापी महामारिको रुपमा रहेका कोरोनाको संक्रमणबाट बच्नको लागी कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मि र प्रहरीलाई पिपिई सहितका स्वास्थ्य सामाग्रि र कोरोनाको जोखिममा पनि नागरिकलाई सहि सुचना उपलब्ध गराउन खटिने सञ्चारकर्मीहरुलाई सेनिटाईजर, पन्जा र मास्क उपलब्ध गराउनु भएको हो । सहकारीको तर्फबाट ५० हजार रुपैयाँ र सहकारीकी अध्यक्ष समेत रहनु भएको रेगिनाको भट्टराई दम्पत्तिको तर्फबाट ७० हजार रुपैयाँका स्वास्थ्य सामाग्रि वितरण गरिएको हो ।

दमकको सरकारी दमक अस्पताल सहित एड्भान्स, लाईफलाईन, ओम मेची, नमस्ते, निम्स, आम्दा र दमक हस्पिटललालाई ३/३ सेट पिपिई, माक्स, पन्जा र सेनिटाईजर, ईलाका प्रहरी कार्यालय दमक र सशस्त्र प्रहरीको औद्योगीक सुरक्षा गुल्म लाई ५–५ पिस पिपिई, मास्क, पन्जा र सेनिटाईजर र ईलाका ट्राफिक प्रहरी कार्यालय दमकलाई ३ सेट पिपिई सहित मास्क, पन्जा र सेनिटाईजर उपलब्ध गराईएको छ । त्यसैगरी नेपाल रेडक्रस सोसाईटी उपशाखा दमकलाई पनि दुई सेट पिपिई सहितका सामागरि वितरण गरिएको हो । यस्तै दमकको बेल्डाँगीमा रहेको सशस्त्र प्रहरीलाई पनि स्वास्थ्य सुरक्षाका समाग्रिहरु उपलब्ध गराईएको उहाँले बताउनु भयो ।

दमकको सरकारी अस्पतालमा स्वास्थ्य सुरक्षा बिना काममा स्वास्थ्यकर्मिहरु खटिएको देखेर सानो सहयोग उपलब्ध गराएको रेगिना प्रसाईंले बताउनु भयो ।

Facebook Comments Box