कोरना भाईरस COVID-19 को नियन्त्रणका लागि लागू गरिएको लक डाउनको उल्लंघन गर्नेहरुलाइ ईलाका प्रहरी कार्यलय झिलझिलेले कार्वाही तिब्र गतिमा अघि बढाएको छ ।

बिहिबार शिवसताक्षी न.पा.९ दुधे चोक स्थित पुर्व पश्चिम राजमार्गमा ईप्रका झिलझिले,जि.ट्रा.प्र.का.झापा र सताक्षीधाम सामुदायिक केन्द्रको संयुक्त आयोजनामा लक डाउन सेल उल्लंघन गर्ने एक महिलासहित ३५ जनालाई २ घण्टा ५ फिट अन्तर कायम गरिएको सामाजिक गोलो घेरामा उभ्याएर कोरोना भाइरसको कारण विश्वमा पुर्याएको क्षतिको बारेमा सचेत गराइएको प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिनु भयो ।
सोही दिन पहिलो पटक बैगुन्धुरा बजार क्षेत्रमा समेत लक डाउन उल्लंघन गर्नेहरुलाई गोलो घेराभित्र उभ्याएर सचेत गराइएको जनाइएको छ ।
झिलझिलेल प्रहरीले हाल सम्म १३ महिलासहित १४६ जनालाइ त्यसकिसिमको कार्वाही गरिएको प्रहरी निरीक्षक ठाकुरले जानकारी दिनु भयो ।
