बागलुङकी कोरोना संक्रमित ६५ वर्षीया महिलाको तेस्रो रिपोर्ट नेगेटिभ

Author Nishkarsha News
२०७७ बैशाख ४, बिहीबार २०:५७

बागलुङ : जिल्लाको दोस्रो तथा नेपालको छैटौ कोरोना संक्रमित ६५ वर्षीया महिलाको तेस्रो स्वाब परीक्षण रिपोर्टमा संक्रमण नभएको पाइएको छ।

कोरोना संक्रमण भए पछि पोखरामा तेस्रो पटक गरिएको परीक्षणमा कोरोना संक्रमण नभएको नेगेटिभ रिपोर्ट आएको धौलागिरी अञ्चल अस्पताल बागलुङका प्रमुख डा.शैलेन्दै बि पोखरेलले जानकारी दिए।

६५ वर्षीया महिलाको यसअघि गरिएको दोस्रो स्वाब परीक्षण रिपोर्ट भने पोजिटिभ आएको थियो। अब पुनः शुक्रबार महिलाको स्वाब परीक्षणका लागि पोखरा पठाइनेछ। चौथो पटक पनि कोरोना निको भएको नेगेटिभ रिपोर्ट आएमा ती महिलालाई डिस्चार्ज गरिने डा.पोखरेलले जानकारी दिए।

नेपालको पाँचौ संक्रमित तथा बागलुङकी पहिलो संक्रमित १९ वर्षीया युवतीको भने चौथो रिपोर्ट पनि पोजिटिभ आएको छ। उनको पनि पुनः स्वाब परीक्षणका लागि पठाइने डा.पोखरेलले बताए।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्