झापाको हल्दिबारी गाउँपालिकाका एक व्यक्तिमा हिँजो ‘एन्टीबडी पोजेटिभ’ भेटिए पनि थ्रोट स्वाब परिक्षणमा नेगेटिभ रिपोर्ट आएको छ ।
हल्दिबारी गाउँपालिका वडा नं २ का ३९ वर्षीय टेकेन्द्र श्रेष्ठको हिँजे थ्रोट स्वाब परिक्षणमा कोरोना संक्रमण नदेखिएको नेपाल रेडक्रस सोसाईटी झापाका सभापती लोकराज ढकालले जानकारी दिनुभयो ।
हिँजो गाउँपालीकामा ¥यापिड टेष्टको क्रममा श्रेष्ठको पोजेटिभ देखिएको थियो । ¥यापिड टेष्टमा पोजेटिभ देखिएपछि उहाँ सहित परिवारका सात जनाको थ्रोट स्वाब सङ्कलन गरेर प्रयोगशाला परीक्षणका लागि विराटनगरस्थित प्रादेशिक अस्पताल पठाइएको थियो । थ्रोट स्वबको आज आएको परिणामा नेगेटिभ आएको रेडक्रस सभापती ढकालले बताउनु भयो ।
¥यापिड टेष्टमा पोजेटिभ आउँदैमा कोरोना संक्रमण पुष्टि नहुने भएकोले आत्तिनु नपर्ने उहाँले बताउनु भयो । थ्रोट स्वाब परिक्षणबाट मात्रै अन्तिम परिणाम आउने भएकोले आजको परिणाम पछि श्रेष्ठमा कोरोना नभएको प्रमाणीत भएको रेडक्रस सभापती ढकालले बताउनु भयो ।