दमक/ दमकको कान्तिपुर एजुकेशन फाउण्डेशनका अध्यक्ष एवम् कोरियन भाषा प्रशिक्षक राम पौडेललाई कोरियन भाषा परीक्षा गराउने आधिकारिक निकाय इपिएसले दोभासे नियुक्त गरेको छ ।

इपीएसले पौडेललाई यहि जेठ २५ र २६ गते हुने कोरियन भाषा परीक्षामा कोरियाका आधिकारिक प्रतिनिधिहरुसंग परीक्षाको सहजीकरणका लागि दोभासे नियुक्त गरेको हो ।
उनी पोखरास्थित पोखरा पब्लीक स्कूल पोखरा परीक्षा केन्द्रमा खटिनेछन् । यस बर्षको कोरियन भाषा परीक्षामा देशभर झण्डै एक लाख परीक्षार्थी सहभागी हुँदैछन भने पोखरामा मात्रै १२ हजार परीक्षार्थीका लागि केन्द्र तोकिएका छन् ।

त्यस किसिमका परीक्षा केन्द्र काठमाडौं र पोखरामा गरी ३२ वटा रहेका छन् ।

Facebook Comments Box