दमक/नेपाली कांग्रेस झापाले पार्टीका युवा नेता, कमल गाउँपालिका वडा नं ५ निवासी हुकुमसिंह राईलाई नेपाली कांग्रेस झापाको आदिवासी जनजाती विभाग प्रमुखको जिम्मेवारी प्रदान गरेको छ ।

पार्टी जिल्ला सभापति उद्धव थापाको अध्यक्षतामा बसेको जिल्ला पदाधिकारी बैठकले राईलाई सो जिम्मेवारी दिने निर्णय गरेको कांग्रेस झापाले जनाएको छ । सो बारेमा जानकारी पाए लगत्तै नेता राईले विभागीय जिम्मेवारी दिएकोमा कांग्रेस झापाप्रति आभार व्यक्त गरेका छन् । निष्कर्ष न्यूजसंगको सक्षिंप्त कुराकानीमा राईले आफूले जहिलेसुकै इमान्दारिताको राजनीति गरेको र त्यसैको परिणाम पार्टीले विभागीय प्रमुखको जिम्मेवारी दिएको हुन सक्ने बताए । पदीय जिम्मेवारी मात्रै सबै कुरा नभई इमान्दारिता र अनुशासनको पालनालाई महत्व दिनु पर्ने आफ्नो मान्यता रहेको पनि उनले बताएका छन् ।

स्थानीय तहको निर्वाचनमा कमल गाउँपालिकाको अध्यक्ष पदमा बराबरी मत पाएर गोलाप्रथाबाट बाहिरिएका युवा नेता राईले कांग्रेसकै केहि जिम्मेवार व्यक्तिबाट स्थानीय , प्रदेश र संघको निर्वाचन ताका भएका पार्टी अनुशासन विपरितका कृयाकलाप, त्यसपछि पार्टीले गठन गरेको अनुशासन समितिको काम कारवाहीलाई पार्टीका इमान्दार कार्यकर्ताहरुले सुक्ष्म रुपमा नियालिरहेको भन्दै नेतृत्वले सो कुरामा गाम्भिर्यता देखाउनु पर्ने सुझाएका छन् । नेता राई केहि समय अघि पार्टी जिल्ला सदस्यमा मनोनित भएका थिए । उनी कांग्रेसका तत्कालिन महाधिवेशन प्रतिनिधि समेत हुन् ।

Facebook Comments Box