दमक, ३० चैत । झापाको कमल गाउँपालिकामा आज बुधबारबाट र्यापिड डाइग्नोष्टिक टेस्ट विधिद्वारा कोरोनाको परिक्षण शुरु गरिएको छ ।
विदेशबाट आएर होम क्वारेन्टाइनमा बसेका र क्वारेन्टाइनमा रहेकाहरुलाई कोरोना भाईरसको संक्रमण पत्ता लगाउन र्यापिड डाइगोनोस्टिक टेस्ट किट (आरडीटी) परीक्षण शुरु गरिएको हो ।
किटले पोजेटिभ देखाएमा आइसुलेसनमा राखेर उपचार शुरु हुनेछ र स्वाब परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पठाईने कमल गाउँपालिका स्वस्थ्य शाखा प्रमुख बाबुराम थुलुङ्गले बताए ।
आज पहिलो दिन कमल ५ का ८ जनामा आरडिटि परिक्षण गरिए पनि नतिजा नेगेटिभ आएको थुलुङ्गले बताए । गाउँपालिकामा विदेशबाट आएर होम क्वारेन्टाईनमा बसेका ७४ जना नागरिकको घरघरमा पुगेर आरडिटि परिक्षण गरिने थुलुङ्गले बताए ।