उदयपुर, बैशाख ०३ गते । उदयपुरको दुई छुट्टाछुट्टै स्थानबाट तास खेलिरहेका ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बेलका नगरपालिकाको वडा नम्बर ३ र वडा नम्बर २ मा तास खेलिरहेको भन्ने सूचना अनुसार ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले तास र नगद सहित पक्राउ गरेको हो । वडा नम्बर ३ का राम बहादुर माझीको घरमा तास खेलिरहेका घर धनी सहित स्थानीय ३७ बर्षीय दिपक माझी, २४ बर्षीय जस बहादुर माझी, ३० बर्षीय कर्साङ लामा र ३२ बर्षीय राजन माझीलाई नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट नगद ४ हजार २ सय २० रुपैयाँ र ३ बुङ तास समेत बरामद गरेको थियो । यसैगरी वडा नम्बर-२ का ३० बर्षीय सुर्य बहादुर बस्नेतको घरमा तास खेलिरहेका घर धनी सहित स्थानीय ३१ बर्षीय सम्राट राई, ५० बर्षीय सिताराम बस्नेत र बराहक्षेत्र नगरपालिका-९ का ४८ बर्षीय गणेश मगरलाई नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट ३ हजार २ सय ९५ रुपैयाँ नगद र १ बुङ तास बरामद भएको थियो ।

तमोर नदिले बगाई बेपत्ता भएका ब्यक्ति मृत फेला

धनकुटा, बैशाख ०३ गते । तमोर नदीले बगाएर बेपत्ता भएका धनकुटाको साँगुरीगढी गाउँपालिका-८ का ६० बर्षीय देव कुमार राई ४ दिन पछी मृत फेला परेका छन् । गत चैत्र २८ गते दिउँसो साँढे २ बजे अन्य साथीहरुसंगै पौडी खेल्न भनी तमोर नदिमा गएकोमा पौडी खेल्ने क्रममा अचानक नदीले बगाई बेपत्ता भएका राईलाई खोजतलास गर्ने क्रममा हिजो मंगलवार बिहान साँढे ९ बजे बगाएको ठाऊदेखि करिव १०० मिटर तल मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

गोरु काट्ने २ जना प्रहरीको नियन्त्रणमा

खोटाङ, बैशाख ०३ गते । खोटाङको साकेला गाउँपालिका-३ मा गोरु काटिरहेका २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाउँपालिकाको सौरे भन्ने स्थानमा गोरु काटिरहेको भन्ने सूचना पाए संगै ईलाका प्रहरी कार्यालय मात्तिमबिर्ताबाट खटिएको प्रहरी टोलीले स्थानीय ५५ बर्षीय बुद्दीमान तामाङ र १३ बर्षीय १ बालकलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको तथा संग्लग्न अन्यको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

Facebook Comments Box