दमक । बजार मा लक डाउनको सुरुवातदेखि नै रहेको अत्यावस्यकिय बस्तु किनमेलको समय परिवर्तन गरि आजदेखी बिहान ११ बजेदेखि बेलुकी ४ बजे सम्मको समय कायम गरिएको छ । नगरपालिका भित्र रहेका अस्पताल अाैषधि पसल सुरक्षा ब्यबस्थापन गरि सधै खुल्ला र साे बाहेक अन्य अतिअाबश्यकिय खाध्य बस्तुहरुकाे मात्र बिक्रीवितरण दिनकाे ११ बजे देखि दिउँसो ४ बजे सम्म खुल्ला निर्णय भएको दमक उध्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले जानकारी दिनु भयो ।
सो समयभित्र पनि ब्यापारी र ग्राहक दुबैले अनिवार्य सामाजिक दुरि कायम राख्नु पर्नेछ । बिहान बेलुकी मात्रै बजार खुल्दा छिटो समयका कारण त्यही बेला मानिशहरुकी चहलपहल बढी भएका कारण आज नगरपालिकामा नगरप्रमुख, स्थानीय प्रहरी प्रसासन प्रमुख र बाणिज्य संघका प्रतिनिधि समेतको संयुक्त बैठकले त्यस्तो निर्णय गरेको जनाइएको छ । बैठकले उपभोक्ताले पनि ताेकिएकाे समयमा ताेकिएकाे सुरक्षा ब्यबस्था मिलाइ अाफ्नाे अाबश्यकता भिडभाड नगरि अत्यावश्यक बस्तुको खरिद गर्न र बाकी समयमा होम क्वारेन्टाइनमै बस्न आम नगरबासिसग अपिल पनि गरेको छ ।