झापाको दमकका ५ नम्बर र २ नम्बर वडाले आजदेखी दोस्रो चरणको राहत बितरन सुरु गरेका छ्न । दमक ५ को रमाइलो टोलमा बस्ने बिपन्न तथा लक डाउनका कारण आ आफ्नो घर फर्किन नपाएका सर्वसाधारणहरुलाइ दमक नगरपालिकाकि उपप्रमुख गीता पौडेल अधिकारीले राहत बितरन गरेर सो को सुरुवात गर्नु भयो ।
सो वडामा दोस्रो चरणमा ४०० बढी परिवारलाई खाध्यन्न राहत प्रदान गरिने वडा सचिब भोसकुमार थुलुङले जानकारी दिनु भयो । वडामा कोहि पनि नागरिकलाई लक डाउनका कारण भोको हुनुपर्ने अवस्था आउन नदिइने वार्ड अध्यक्ष इन्द्र गुरुङले जानकारी दिनु भयो । त्यसैगरि दमक २ का वडाध्यक्ष् प्रजापति सापकोटाले आज बिहान डाकिनी टोलबाट दोस्रो चरणको राहत बितरन सुरु गरिएको जानकारी दिनु भयो ।

उहाले यस पटक वार्ड्का जनप्रतिनिधि मात्रै सहभागी भएर ब्यवस्थित तवरबाट राहत बितरन गर्न सुरु गरिएको दाबी गर्नु भयो । सो वाड्मा पनि दोस्रो चरणमा ३०० देखि ४०० परिवारलाई १०/ १५ र २० केजीका दरले चामल , नुन, दाल, तेल प्रदान गर्न थालिएको छ ।
