पुर्बी तराईमा मनाइने सिरुवा पर्वको दोस्रो दिन आज कादो सिरुवा मनाइन्छ । राजबन्सी भासाम कादो भन्नाले हिलो हो । हिजो पानी सिरुवा मनाइएको छ भने भोली रंग सिरुवा मनाइन्छ । रंग दलेर एकापसमा शुभकामना आदन प्रदान गर्ने चलन छ । यस बर्ष सिरुवा विशेष मेला आयोजना नभए पनि ग्रामथानहरुमा आदिवासीहरुले आ आफ्नो मनोकामना पुरा भएकोमा भाकल स्वरुप हात्तीको मुर्ति चढाउने गरेको गौरीगन्ज २ आमगाछीका गुलाबचन्द राजबन्शीले

बताउनु भयो । सधैंका बर्षको तुलनामा यो बर्ष हात्तीको भाकल बुझाउने सर्वसाधारण कमि आएको मुर्ती बनाउने गरेका गौरिगन्ज १ महाभाराका दहलु राजबन्शीले बताउनु भयो ।
