दमक/ खोटाङको हलेसी तुवाचुङ नगरपालिका १ का १५ बर्षीय सुबिन राईको दुधकोशी नदीमा डुबेर मृत्यु भएको छ । आईतवार दिउँसो १२ बजे सोक्माटारस्थित दुधकोशी नदीमा माछा मार्न गएका राईको जाल हान्ने क्रममा सोही जालमा बेरिएर पानीमा डुब्दा मृत्यु भएको बताइएको छ । सो सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

 

त्यसैगरी उदयपुरको बेलका नगरपालिका ५ का ७२ बर्षीय दल बहादुर राईको रुखबाट लडेर मृत्यु भएको छ । आईतवार बिहान १० बजेको समयमा घर नजिकै जंगलामा घाँस काट्न जामुनको रुखमा चढेका राई अचानक रुखबाट लड्डा घटनास्थलमै मृत्यु भएको हो ।

Facebook Comments Box