दमक/झापाको दमक ५ का निर्वाचित वडा सदस्य तथा दमकका स्थापित पुस्तक व्यवसायी दुर्गा पौडेललाई पितृ शोक परेको छ । पौडेलका बुबा पर्शुराम पौडेलको ८६ बर्षको उमेरमा आज अपरान्ह ४ बजे दमक ५ स्थित भृकुटी चोकमा रहेको निवासमै निधन भएको हो ।
विसं १९९० सालमा ताप्लेजुङको ढुँगेसाँघुमा जन्मिएका पौडेल २०२८ सालमा दमक हुँदै गौरादह र सो पछि पुन दमकमा बस्दै आएका थिए । उनी मिर्गौला सम्बन्धि समस्याबाट पीडित थिए ।
स्वर्गीय पौडेलका छोराहरु सुर्यमणि, दुर्गाप्रसाद, केदार, पदम, काशीराम, लेखनाथ र छोरीहरु हरिमाया, पवित्रा, मुना रहेका छन् । पत्रकार युवराज पौडेल ( विवश) स्वर्गीय पौडेलका नाती हुन् । उनको भोली ( मंगलबार ) बिहान १० बजे, कन्काई माईमा अन्त्येष्टी गरिने नाती युवराज विवशले बताए ।

Facebook Comments Box