दमक/ बिश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लक डाउन उल्लंघन गर्ने हरुलाई प्रहरीले नियन्त्रणमा लिईरहेको छ ।
चैत्र ११ गते देखि लागु हुने गरी जारी गरेको लकडाउनको समयमा हिजो चैत ३० गते सम्म लकडाउनको उल्लघंन गरी सवारी साधन चलाउने ३,५६५ जनालाई नियन्त्रणमा लिईएको छ भने ठुला साना गरी १,८३० वटा सवारी साधनलाई नियन्त्रणमा लिईएको छ । प्रदेश प्रहरी कार्यालय प्रदेश नं १ ले लकडाउनलाई थप कडाई गरिएको हुँदा अत्यावश्यक काम बाहेक र सवारी पास नलिएका जोकोही पनि घर भित्रै बसी कोरोना संक्रमणको रोकथाम र नियन्त्रणमा सहयोग गरिदिनु आव्हान समेत गरेको छ ।
सरकारले चैत्र ११ गते देखी चरण बद्ध रुपमा लकडाउनको म्याद थप गर्दै आएकोले लक डाउनको अवधिमा घर भित्रै बसिदिन १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले आम नागरिकहरुलाई आग्रह गर्दै आएको हो । प्रहरीले गाउँ घर छिमेकमा कोही बिदेशबाट आएको ब्यक्ति भएमा नजिकको प्रहरी कार्यालय वा १०० मा खबर गरिदिन पनि आग्रह गरेको छ । प्रहरीले भनेको छ – कोरोना भाईरसको संक्रमण रोक्न कुनै एक व्यक्ति वा परिवारको प्रयासबाट मात्र सम्भव हुदैन । सम्पुर्ण नागरिक एकजुट भएर आआफ्नो जिम्मेवारी निर्वाह गरौं ।