झापाको दमकमा फ़ोहोर मैला ब्यवस्थापनको जिम्मेवारी पाएको पाथ वे नेपाल ग्रीन लिन्क जेवि दमकले भोलि बैशाख १ गतेदेखि बिदा लिदैछ । पाँच बर्ष सम्म नगरपालिका सङको साझेदारीमा नगरपालिकामा उत्पादित फोहोर मैला संकलन र ब्यवस्थापन गर्दै आएको सो नीजी कम्पनीले पुर्व सम्झौता अनुसार नै भोलीदेखी फोहोर ब्यवस्थापनको जिम्मेवारीबाट बिधिवत रुपमा हात झिक्ने भएको संचालक सुबाश बस्नेतले जानकारी दिनु भयो ।
सो कम्पनीले आज एक बिग्यप्ती जारी गर्दै यश अवधिमा सहकार्य र सहयोगका लागि दमकबासी सम्पुर्णमा धन्यवाद ब्यक्त गरेको छ ।
विज्ञप्तिमा सो कम्पनीका तर्फबाट अजय अग्रवाल , निर्मला चौधरी र सुबास बस्नेतले हस्ताक्षर गरेका छ्न ।