दमक, ३० चैत्र / झापा को दमकमा लक डाउन प्रभावित बिपन्नहरुलाइ दमक ८ वडा कार्यलयले दाेस्राे चरणकाे राहत सामाग्री बितरण गरिएकाे छ । वार्डमा नै राहत प्रदान गर्न थालिए पछि सर्वसाधारणलाई सहज भएको छ । सबै वार्डहरुले दाताहरु बाट सहयोग जुटाएर वार्डमा नै कोहि भोको नहाेस् भन्ने उदघोशसहित राहत जुटाएर बितरण गरीएकाे दमक ८ का वार्ड अध्यक्ष पशुपति राज गाैतमले जानकारी दिए ।

नगरपालिकाबाट प्राप्त राहत सकिए पछी परिवारलाई जनप्रतिनिधी स्थानीय विभिन्न ब्यवसायी एवम सर्वसाधारण सहयोगी दाताहरूले दिएको नगद तथा जिन्सी राहतलाई एकीकृत गरि अत्यावश्यक खाध्य बस्तु परिवार संख्याकाे अाधारमा प्रदान गरीएकाे बताए ।

वडा कार्यालयले राहत बितरण स्थलमा पिउने पानी, सुरक्षित दुरी कायम राखी राहत बितरण गर्नु अघि सेनिटाइजरकाे प्रयाेग गरेर सुरक्षित तरिकाले राहत बितरण गरेकाे छ। पहिलाे चरणमा १ सय ३० परिवारलाइ र शनिवार र आइतवार गरेर ५ सय ७० परीवार लाइ चामल, नुन र दाल प्रदान गरीएकाे दमक ८ का वडा सदस्य भिमराज चाैलगाइले बताए ।

विश्व भर फैलिएकाे काेराेना भाइरस एक ब्यक्ति बाट अर्काे ब्यक्तिमा सहजै सर्ने भएकाेलेे राहत बितरण भएकाे ठाउमा भिड भाड हुन नदिनका लागि सुरक्षित दुरी कायम गर्न अावश्यक रहेकाेले राहत बितरण कार्यलाइ थप ब्यवस्थित बनाउन क्लबले सहयाेग गरेकाे राेटर क्लब अफ दमकका अध्यक्ष सन्दिप चापागाइले बताए । सुरक्षित दुरी (समाजिक दुरी ) का बारेमा अझै पनि कति मानिसमा चेतनाकाे कमि रहेकाे तर धेरैले हेलचेक्राइ गरेकाे पाइएकाेले हेलचेक्राइ नगरी सुरक्षित दुरी कायम गर्न अनुराेध समेत गरे ।

राहत बिहान बेलुकाकाे खान समस्या भएका बिपन्नकाे परिवारकाे लागि भएकाेले घरमा भइ भइ राहत लिनका लागि नाम नटिपाउन समेत वडा कार्यालयले अनुराेध गरेकाे छ । राहत बितरण कार्यमा वडा सदस्य मिना प्याकुरेल, उद्वव प्रसाद राई, बुद्वमाया गजमेर दमक ८ का वडा सचिब निधी ढुङ्गेल, समाजिक अभियन्ता चेतना निराैला, नगर प्रहरी, सुरक्षा कर्मि लगायत काे उपस्थिती रहेकाे थियाे ।

 

Facebook Comments Box