दमक। झापा दमकका युवा ब्यवसायी तथा युवा संघ नेपालका प्रदेस कमिटी सदस्य राजकुमार थापाले निरन्तरको लक डाउनका कारण प्रभावित जनजीवनलाई राहत दिने उद्देश्यले स्थानीय सरकार मार्फत झापा र मोरङमा करिब ५ लाख रुपैयाँ बराबरको सहयोग प्रदान गर्नु भएको छ । थापाले मोरङ्को मिक्लाजुङ गाउँपालिका मार्फत बिपन्नहरुका लागि नगद २ लाख रुपैयाँ सहयोग गर्नु भएको छ ।
दमकको ९ नम्बर वडा कार्यलय मार्फत ५० हजार रुपैयाँ बराबरको मास्क, १ लाख १४ हजार रुपैयाँ बराबरको चामल, १०० केजी दाल, १०० केजी नुन र १०० लिटर खानेतेल , दमक ४ मा २५ हजार रुपैयाँ , दमक ७ मा २५ हजार ५५५ रुपैयाँ र नेकपा दमक नगर कमिटी मार्फत नगद ५० हजार रुपैयाँ प्रदान गर्नु भएको हो ।
थापाले यतिबेला कोरोनाको संक्रमणको त्रास रहेको र सबैले घर घरमै बसेर सहयोग गर्नुपर्ने समय भएकाले यसबाट उत्पन्न परिस्थितिमा थोरै भएपनि सहयोग गरौ भन्ने भावनाका कारण आफुले सहयोग गरेको बताउनु भयो । थापाले भन्नू भयो धनको धनी त म हैन तर पनि मनको धनी हुनाले यो सहयोग गरेको हु । उहाँ जे एन जे निर्माण कम्पनी र एन आर आर एन कन्कृटका अध्यक्ष र दमक उध्योग बाणिज्य संघका कार्य समिती सदस्री पनि हुनुहुन्छ ।