दमक। झापाको झिलझिलेमा प्रहरीले लक डाउन नमान्ने ६५ जनालाइ आज २ घन्टा सडक किनारमा उभ्याएर सजाय दिएको छ । ईलाका प्रहरी कार्यलय झिलझिलेका इन्चार्ज प्रहरी निरीक्षक कोमल ठाकुरका अनुसार आज बिहान उनीहरुलाइ सामाजिक दुरि कायम राख्दै २ घन्टा उभ्याएर लक डाउनको आवश्यकता र औचित्यका बिसयमा प्रशिक्षण दिइएको हो ।
उहाले सरकारको निर्देशन अनुसार र विश्व परिवेस अनुसार समाजलाइ कोरोना संक्रमणबाट सुरक्षित राख्न वाहिरी हिड्डुलमा लगाइएको रोकको पुर्ण पालना गराउन आफू र मातहतका प्रहरी एकाइहरु सकृय रहेको पनि जनाउनु भयो ।