दमक । लक डाउन प्रभावित बिपन्नहरुका लागि न्युनतम खाध्यन्न राहत प्रदान गर्न दमक ३ मा सहयोगी हातहरु धमाधम अघि बढेका छन । वार्ड अध्यक्ष नवीन बरालका अनुसार आज मध्यान्ह सम्ममा सो वडाका आधा दर्जन दाताहरूले वार्ड कार्यलय मार्फत नगद तथा जिन्सी राहत प्रदान गरेका हुन् ।
स्थानीय हेमसागर पोखरेलले ५ हजार ५०० , चन्द्र बिस्वकर्माले ५ हजार , गणेश गौतमले ५ हजार रुपैयाँँ नगद र स्थानीय चन्द्रा लिम्बुले १०२ केजी चामल प्रदान गर्नु भएको वार्ड सचिब सन्दीप सुबेदीले जानकारी दिनु भयो ।
सचिब सुबेदिका अनुसार सन्कलित राहत कार्यलयमा भन्डारन गरि आवश्यकताका आधारमा वार्ड भित्रका बिपन्न तथा खाध्य संकट झेलीरहेका सर्वसाधारणलाई प्रदान गरिनेछ । यश अघि सो वडामा ३३० परिवारलाई सर्वदलीय निर्णय अनुसार छनौट गरि नगरपालिकाबाट प्राप्त राहत बितरन गरि सकिएको जनाइएको छ ।