समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा मदन भण्डारीसहित तत्कालीन एमालेका नेताहरूको फोटो राख्दै सत्तारूढ नेकपाको आचरणबारे प्रश्न उठाएका छन् । उनले तत्कालीन एमालेको महाधिवेशन (२०४९ सालमा)स्थलमा एमालेका अन्य नेताहरूसहित आफू बसेको फोटो सेयर गरेका छन् ।

 

‘सामाजिक सञ्जालहरूमा यतिबेला २०४९ सालमा मदन भण्डारी, जीवराज आश्रित, भरतमोहन अधिकारी, मोदनाथ प्रश्रित, मनमोहन अधिकारी, साहना प्रधानसहित खिचिएको फोटो देख्दा ती नेताहरू (मोदनाथ प्रश्रित र म बाहेक) अहिले बाँचिरहेको भए सत्तारूढ़ नेकपाको आचरणवारे के भन्दा हुन् भन्ने जिज्ञासा लागिरह्यो !’ भट्टराईले लेखेका छन् ।

 

Facebook Comments Box