दमक।झापाको दमकमा लक डाउन प्रभावित बिपन्नहरुलाइ वार्डमा नै राहत प्रदान गर्न थालिए पछि सर्वसाधारणलाई सहज भएको छ । सबै वार्डहरुले दाताहरु बाट सहयोग जुटाएर वार्डमा नै कोहि भोको छैन भन्ने उदघोशसहित राहत जुटाएर घर घरमै राहत पुर्याउने गरिएको दमक ७ का वार्ड अध्यक्ष भीम प्रसाद पौडेलले जानकारी दिनु भयो ।

उहाले सुरुमा नगरपालिकाबाट प्राप्त राहत बितरन सकिएपछी पनि दिनहु ५०/६० परिवारलाई स्थानीय विभिन्न प्रतिस्ठान , ब्यवसायी एवम सर्वसाधारण सहयोगी दाताहरूले दिएको नगद तथा जिन्सी राहतलाई एकीकृत गरि अत्यावश्यक खाध्य बस्तु प्रदान गर्ने गरिएको बताउनु भयो । ४/५ दिन यता आफ्नै वडामा राहत संकलन र बितरन सङ सङै अघि बढाइएको उहाले जनाउनु भयो ।

त्यसै गरि दमक २ का वार्ड अध्यक्ष प्रजापति सापकोटाले पनि राहत संकलन र बितरन वार्ड्स्तरमा नै भैरहेको जनाउनु भयो । उहाँका अनुसार आज शुक्रबार मात्रै नेकपाको वार्ड कमिटीले २ हजार ८०० केजी चामल र २०० लिटर खानेतेल प्रदान गरेको छ । फाइल तस्बिर

Facebook Comments Box