झापाको गौरिगन्ज १ महाभाराका जेष्ठ नागरिक एवं पुर्व जनप्रतिनिधि तथा शैक्षिक ब्यक्तित्व विश्व प्रसाद अधिकारीले कोरोना प्रभावितहरुका लागि स्थापना गरिएको कोषमा नगद २५ हजार रुपैयाँँ प्रदान गर्नु भएको छ ।
बाल कल्याण मा.वी गौरिगन्ज गा.पा १ महाभारा मा संचालित विस्व प्रसाद अधिकारी प्रतिस्ठानका प्रमुख सस्थापक र ज्येष्ठ नागरिक संघ गौरीगन्ज गाउ समितिका अध्यक्ष समेत रहनु भएका अधिकारी ले गौरिगन्ज गा.पा मर्फत विपन्न वर्गलाई कोरोना भाइरस बाट प्रभाबितलाई राहत वितरण गर्न सहयोग पुर्याउने उद्देश्यले सो रकम हस्तान्तरण गर्नु भएको हो । सो रकम बराबरको चेक गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ र उपाध्यक्ष दिपिन्द्र थापालाई हस्तान्तरण गर्नु भएको थियो ।