दमक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दमक नगर कमिटिले नगरपालिकाद्वारा स्थापित राहत कोषमा रु ८ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ । नगरको कोषमा ३ लाख १ हजार र प्रत्येक वार्डहरुमा ५० हजार रुपैयाँ बराबरको खाद्य समाग्री सहयोग गरेको नेकपाले जनाएको छ ।

कोरोना भाईरसको जोखिमको कारण लकडाउन गर्दा विपन्न परिवारलाई खानका लागि खाद्यान्न र संक्रमणका हुनबाट बचाउने सबै क्रियाकलाप हाम्रो पार्टीको तर्फबाट सानो सहयोग पुगोस् भनेर उक्त रकम सहयोग गरेको नेकपा नगर सचिब तिर्थराज बस्नेत शंकरले जानकारी दिनुभयो । पार्टी नेता, कार्यककर्ता र शुभचिन्तकहरुबाट राहतका लागि संकलन गरिएको रकममध्येबाट दमक नगरपालिकाको कोरोना विपत् व्यवस्थापन कोष ३ लाख १ हजार र दमकका १० वटै वडामा जम्मा ५ लाख समेत जम्मा सहयोग रकम रु ८ लाख १ हजार सहयोग उपलब्ध गराएको उहाँको भनाइ छ ।

अझै पनि संक्रमण बढ्ने खतरार हेकोले सचेत रहन नगरवासीलाई आह्वान गर्दै नेकपा नगर कमिटि अध्यक्ष बोधप्रसाद घिमिरेले स्वास्थ्य उपचारमा लागि सबै तयारी गर्न नगरपालिकालाई आग्रह गर्नुभएको छ ।

हेर्नुहोस प्रेस विज्ञप्ति

नेपाल कम्युनिस्ट पार्टी (नेकपा )
दमक नगर कमिटी
मिति : २०७६ चैत २६

प्रेस विज्ञप्ति

विश्व महामारीको रुपम मानवजाती लाई चुनौती दिदै हामीसामु यतिबेला कोविड – १९ (कोरोना भाईरस)को महामारीले विश्व भरका नागरिकलाई गम्भीररुपमा प्रभावित गरिरहेको छ । नेपाल कोरोना भाईरसको उच्च जोखिममा अहिले पनि कायमनै छ ।अाज बिश्वमा १४ लाख भन्दा बढि मानिस यस्को संक्रमण बाट प्रभावित भएको अवस्था र ८०हजार मानिसले यसै संक्रमण का कारण जीवन गुमाउन पुगेका छन ।मृतक हरु प्रति हार्दिक श्रद्धाञ्जली र बिरामी प्रति सिघ्र स्वास्थ लाभको कामना साथै मृतकका अाफ्न्तजनमा हार्दिक समवेदना ।

 

मानवजातीका लागि घातक COVID 19 को संक्रमण लाई र‍ोक्न नेपाल सरकारले हाम्रो देशमा कोरोना भाईरसको संक्रमण फैलिन नदिन उच्च सतर्कता अप्नाउदै गत चैत्र११गते बाट अागामी २०७७ बैशाख ३ गते सम्म लकडाउन(बन्दाबन्दी) घोषणा गरि नागरिक हरुले घरैमा बसि सरकारले चालेको महत्वपूर्ण कदम पालन गरिएको बिदितै छ । यस्तो अवस्थामा विपन्न परिवारलाई खानका लागि खाद्यान्न र संक्रमणका हुनबाट बचाउने सबै क्रियाकलाप हाम्रो पार्टीको तर्फबाट सानो सहयोग पुगोस् भनी यसक्षेत्र बसोबास गर्नुहुने सबै तहका पार्टी नेता,कार्यकता शुभचिन्तक हरुबाट राहतका लागि संकलन गरिएको रकम मध्य बाट दमक नगरपालिकाको कोरोना विपत् व्यवस्थापन कोष मा रु ३लाख १ हजार र दमकका १०वटै वडामा जम्मा ५ लाख समेत जम्मा सहयोग रकम रु ८ लाख १ हजार सहयोग उपलब्ध गराएको छ। अझै पनि संक्रमण बड्ने अवस्था मा नजर अन्दाज लाउने अवस्था नरहेको सर्बविधित नै छ। मुलुकको यस्तो विसम् परिस्थितिमा लकडाउनका कारण खान र स्वास्थ्य उपचारमा लागि कुनै पनि कदम पछि नपरोस् भनि स्थानीय सरकार दमक नगर पालिका अनुरोध गर्दछ।

 

अब हामी नागरिक ,निजिक्षेत्र ,संचारक्षेत्र र सम्पूर्ण राजनीतिक दलहरुले सरकारका यी कमदहरुलाई पूर्ण पालना कोरोना संक्रमण बाट बाँच्ने र बचाउने कार्यमा सबैलाई लाग्नु हरेक नेपालीको जिम्मेवारी हो । कोरोना भाइरस( COVID 19 )को संक्रमित हरुको उपचार मा लाग्नु हुने स्वास्थ्यकर्मि र स्वास्थ्य सुरक्षा लागि लाग्नुहुने सुरक्षाकर्मि हरुमा हार्दिक सम्मान व्यक्त गर्दै । उहाँहरु लाई थप उत्तप्रेणा प्रदान गर्ने ।स्वास्थ्य र सुरक्षाकर्मि हरुलाई अावस्यक उपकरणको व्यवस्था मिलाउन तिनै तहका सरकार संग माग गर्दछौं । दैनिक जालादारि बाट जिविकोपार्जन गर्नेुहुने बिपन् परिवारलाई त्तकाल राहतको व्यवस्था गर्ने स्थानीय सरकार , निजिक्षेत्र , सामाजिक अगुवा र नेकपा का नेता कार्यकर्ता लाग्न पुःन अाग्रह गरिन्छ। अन्तमा नेकपा दमक नगरमा अावद्व सबै तहका नेता कार्यकर्ता हरुले विश्वस्तरमा झन् पछि झन् विकराल बन्दै गएको यस रोगको संक्रमण फैलिन नदिन र कहीँ कसैमा देखापरिहालेमा पनि सुरक्षित तबरले उपचारको प्रबन्ध गर्न सरकारका प्रयासहरुलाई स्वयम्सेवी भूमिकाका साथ अा अाफ्नो ठाउँबाट सघाउन र अझ प्रभावकारी बनाउन जरुरी छ । स्थानीय सरकार ,नेपाल सरकार र सरकारका अधिकारप्राप्त निकायहरुबाट गरिएका सम्पूर्ण निर्णय, आह्वान र अपिललाई पूर्णरुपमा पालनागर्ने अनुरोध गरिन्छ ।
लाल सलाम सहित

बोधप्रसाद घिमिरे (अध्यक्ष )
तिर्थराज बस्नेत (सचिव)
नेपाल कम्युनिस्ट पार्टी (नेकपा )
दमक नगर कमिटी

Facebook Comments Box