लाम । इलामको पश्चिमि माङ्सेबुङ्ग गाउँपालिकाले गाउँपालिमा बसोबास गर्ने परिवार मध्ये ३३ दशमलव ११ प्रतिशतलाई परिवारलाई राहात वितरण गरिने भएको छ । वडाबाट संकलन भएको विपन्न, मजदूर, आर्थिक रुपमा कमजोर रहेका परिवारलाई बिहिबारबाट राहात वितरण शुरु गरिने भएको हो । वडा कर्यालयबाट संकलन भएको तथ्याङ्कका आधारमा गाउँपालिकाले राहात विरतणको काम गरिने भएको हो ।
राहात वितरणको कामका लागि दैनिक उपभोग्य सामग्रीहरु ढुवानीको काम भइरहेको छ । गाउँपालिकाका अनुसार दुई दिनमा राहात वितरणको काम गर्ने गरि ६ वटै वडाहरुमा बिहिबार देखि राहत वितरण गरिने भएको हो । गाउँपालिका भरिका १ हजार १ सय ९४ घरपरिवारलाई राहत वितरण गर्न लागिएको गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले बताए ।
कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिनका लागि सरकारले गत चैत्र ११ गते देखि देशभर लकडाउन घोषण गरेको छ । पहिलो चरण चैत्र ११ गते देखि १९ गते सम्म, दोस्रो चरण चैत्र २५ गते सम्म र अहिले तेस्रो चरण बैशाख ३ गतेसम्म लकडाउनको समय थप गरिएको छ । लकडाउनको अवस्थामा माङसेबुङ गाउँपालिका भित्रका दैनिक ज्याला मजदुरी गरेर खाने, विपन्न परिवारलाई बढि संकटमा परेको अवस्थामा अत्यावश्यक दैनिक उपाभोग्य सामग्रीहरु वितरण गर्न लागिएको अध्यक्ष इदिङगोले बताए ।
गाउँपालिका भरिका संकटमा परेका १ हजार १ सय ९४ घरपरिवार मध्ये ९ सय ८९ घर परिवार जसको २ जनाभन्दा बढी परिवार संख्या छ सो परिवारलाई २५ केजी चामल, ३ केजी दाल, २ केजी नुनु, २ लि. खानेतेल, २ केजी मटर, १ केजी सोयाबिन, नुहाउने साबुन २ वटा र लुगा धुने साबुन १ वटा उपलब्ध गराइने छ । २ जनासम्म रहेको २ सय ५ परिवारलाई भने तोकिएको सबै कुराहरुको आधा सामग्री उपलब्ध गराईने छ ।
गाउँपालिकाको वडा नं. १ का १ सय ३६ घरपरिवारलाई राहत वितरण गरिने भएको छ । यो संख्या वडाको कुल घरसंख्याको १९.८६ प्रतिशत हो । त्यस्तै राहत पाउनेमा वडा नं. २ मा १ सय २० परिवार रहेको छ यो वडाको परिवारसंख्याको १३.७६ प्रतिशत रहेको छ । वडा नं. ३ मा १ सय ५४ परिवार (१८.६९ प्रतिशत), वडा नं. ४ मा २ सय परिवार (४८.०८ प्रतिशत), वडा नं. ५ मा ४ सय ७५ परिवार (७७.४९ प्रतिशत) र वडा नं. ६ मा १ सय ९ परिवार (२०.९६ प्रतिशत) रहेको छ ।
राहत वितरण गर्ने योजनाका साथ आवश्यक राहत सामाग्रीहरु व्यवस्थापन समेत गरिसकेको प्रमुख प्रशासकिय अधिकृत डिल्लि सुवेदीले बताए । गाउँपालिकाले कोरोना भाइरसको संक्रमणबाट फैलिन नदिन र सम्भावित व्यक्तिलाई एकलबासको व्यवस्था माङसेबुङ गाउँपालिका वडा नं. ४ स्थित जनता माविमा निर्माण गरिएको छ । उनले भने– हालसम्म माङसेबुङ गाउँपालिकामा कसैलाई पनि क्वारेन्टाइनमा राख्नु परेको छैन । सामग्री ढुवानीको काम भइरहेको छ । माङ्सेबुङ्ग गाउँपालिकाले राहात वितरणका लागि विपद् व्यवस्थापन कोष मार्फत नै कोरोना भाइरस नियन्त्रण सम्बन्धिका काम हुने प्रमुख प्रशासकिय अधिकृत डिल्लि सुवेदीले बताए । हाल गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा ३७ लाख रुपैयाँ रहेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष इदिङ्गोका अनुसार वडा नम्बर ५ मा बसोबास गर्ने ७० प्रतिशत घरमा राहात पाउनका लागि आवेदन दिएका छन् ।