दमक । झापाको दमक नगरपालिकाले पहिलो चरणमा लक डाउन प्रभावित करिब २ हजार २ सय भन्दा बढी बिपन्न परिवारलाई लगभग ४१ लाख रुपैयाँ बराबरको खाध्यन्न राहत प्रदान गरिसकेको छ ।
नगरपालिकाको कोरोना रोकथाम तथा न्यूनीकरण अभियान अन्तर्गत बिपद ब्यवस्थापन कोषमा दाताहरुले प्रदान गरेको नगद तथा जिन्सी राहत सामग्रीहरु सबै वडामा भएको सर्वदलीय निर्णय अनुसार छनौट भएका दैनिक ज्यालादारीमा काम गर्ने मजदुर तथा बिपन्न परिवारलाई बितरन गरिएको नगर उपप्रमुख समेत रहनु भएकी प्रबक्ता गीता पौडेल अधिकारीले जानकारी दिनु भयो ।
उहाँका अनुसार नगरपालिकाले दमकमा कोही भोको बस्नु नपरोस् भन्ने हेतुले अब सबै वडाहरुलाइ आ आफ्नो वार्डमा बस्ने समस्यामा परेका जो कोहि वार्ड्बासीको खानाको लागि बन्दोबस्ती मिलाउन सक्ने गरि अधिकार प्रत्यायोजन गरिएको पनि जानकारी दिनु भएको छ ।
वडाबाट कसैले पनि भोकै बस्नु परेको गुनासो गर्नु भएको खण्डमा नगरपालिकाले तत्काल सम्बन्धित वार्ड्लाइ आवश्यक बन्दोबस्ती मिलाउन निर्देशन दिनेछ उपप्रमुख अधिकारीले भन्नू भयो । उहाले राज्यले बनाएको मापदण्ड भित्रै रहेर आवश्यक राहतको बन्दोबस्ती मिलाइने पनि स्पष्ट पार्नु भयो । राहत दिन चाहने दाताहरूले अब सम्बन्धित वार्ड सङै समन्वय गरेर प्रदान गर्न सक्ने र त्यसको अभिलेखिकरण नगरपालिकामा समेत राखिने प्रमुख प्रसासकिय अधिकृत गणेश तिमल्सिनाले जानकारी दिनु भयो ।