दमक ।

झापासहित प्रदेश एकका विभिन्न जिल्लामा भएका घटनामा परि तीन जनाको ज्यान गएको छ । प्रहरीका अनुसार

चितवन ईच्छा मनकामना-३ सौराह बस्ने २७ बर्षीय चित्र कुमार गुरुङको स्काईभेटर दुर्घटनाबाट मृत्यु भएको छ । हिजो ताप्लेजुङ फक्तालुङ-६ फेदीखोला स्थित नयाँ निर्माणाधिन उत्तर दक्षिण दोभान-ओलाङचुङगोला सडक खण्डमा स्काईभेटर सडक देखी १०० मिटर तल झरी दुर्घटना हुदा स्काईभेटर चालक गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

त्यसैगरी

झापा मेचिनगर-११ मिलडाँडा बस्ने ५६ बर्षीया तारादेबी कुमालको पानीमा डुबेर मृत्यु भएको छ । हिजो बेलुका साढे ७ बजे छिमेकीको घरमा घुम्न आएको अवस्थामा आँगनमा पानि जमाउन बनाएको रिङमा लड्दा सोहि रिङमा डुबेर तारादेबीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटना सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरी कार्यालयले जनाएको छ ।

त्यसैगरी

सुनसरी कोशी गाउँपालिका-२ का ४८ बर्षीय शिवु यादवको बैलगाडाबाट लडेर मृत्यु भएको छ । हिजो अपरान्ह ५ बजे सोही स्थानबाट यादवले बैलगाडा चलाई खेतमा गँहु लिन जाने क्रममा बैलगाडा नहरको खाल्डोमा परी पल्टदा गम्भिर घाईते भएका यादबको जिल्ला अस्पतला ईनरुवामा उपचारको क्रममा बेलुका ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Facebook Comments Box