दमकका लेखापढी कानुन ब्यवसायी हरु र दमकमा संचालित दुई सहकारी सस्थाले आज एकै दिन दमकको कोरोना रोकथाम तथा राहत कोषमा राहत प्रदान गरेका छन । लेखापढी ब्यवसायिले करिब ३० हजार मूल्य बराबरको ७०० केजी चामल, मेची सहकारिले नगद एक लाख र डाफे सहकारीले नगद ४० हजार रुपैयाँ नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी , प्रमुख प्रसासकिय अधिकृत गणेश तिमल्सिनालाई सो राहत सामग्री र नगद हस्तान्तरण गरिएको हो ।

कानुन ब्यवसायीहरुका तर्फबाट दमकका अध्यक्ष उद्दब दाहाल , जिल्ला अध्यक्ष सुशील निरौला , अधिबक्ता राजन ढुङाना लगायत सहभागी हुनुहुन्थ्यो । त्यस्तै मेची सहकारीका अध्यक्ष नारायण भट्टराई, संचालक राजेन्द्र दाहाल , ब्यवस्थापक खोम प्रसाद बगाले लगायत सहभागी हुनुहुन्थ्यो भने डाफे साकोशका अध्यक्ष तुलाराम न्यौपाने , लिला खनाल , सन्तोस श्रेष्ठ लगायत उपस्थित हुनुहुन्थ्यो ।

 

Facebook Comments Box