दमक। झापाको दमकस्थित प्याब्सन दमकले दमक नगरपालिकाले सन्चालन गरेको कोरोना रोकथाम तथा राहत कोषमा पहिलो चरणमा आज नगद २ लाख ३४ हजार रुपैयाँ प्रदान गरेको छ । आज नगरपालिका मा पुगेको निजी तथा सस्थागत बिध्यालय संचालकहरुको टोलिले नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी , प्रमुख प्रसासकिय अधिकृत गणेश तिमल्सिनालाई सो रकम हस्तान्तरण गरेको हो ।

पहिलो चरणमा दमकमा संचालित ४२ मध्य १६ बिध्यालयको तर्फबाट संकलन गरिएको रकम प्रदान गरिएको प्याब्सन दमकका नवीन योगिले जानकारी दिनु भयो । सो अवसरमा प्यब्सनका नगर अध्यक्ष जनार्दन मैनाली , केन्द्रीय सल्लाहकार एलडी राई, जिल्ला सल्लाहकार श्रवण पोख्रेल , पुर्व जिल्ला अध्यक्ष कोसराज प्याकुरेल लगायत सहभागी हुनुहुन्थ्यो । दमकका कतिपय बोर्डिङ स्कुल हरुले यश अघि वार्ड्स्तरमा समेत राहत प्रदान गरेका जानकारी दिइएको छ ।

 

Facebook Comments Box