बिजुली चुहावटका कारण आगलागीमा परेका झापा कमल गाउँ पालिका वार्ड नम्बर ६ का होम प्रसाद अर्यालको परिवारलाई रेड्क्रस र स्थानीय एक ब्यक्तिले आज राहत प्रदान गरेका छन् । आगलागीबाट घर , लत्ता कपडा र खाध्यन्न जलेर नस्ट भएकोले राहत प्रदान गरिएको रेड्क्रस लखनपुरका सचिब पारशमणि राइले जानकारी दिनु भयो ।
त्रीपाल, भाडाकुडा, लत्ताकपडा र खाध्यन्न हस्तान्तरण गरिएको हो । सो ठाउँ घर भइ अमेरिका बस्दै आएका बिबेक मिश्रले समेत अर्याल परिवारलाई राहत सामग्री प्रदान गर्नु भएको हो । सो राहत सामग्री रेडक्रस्का पदाधिकारी र स्थानीय सामाजिक ब्याक्तित्व हुकुमसिंह राई लगायतले सो सामग्री घरमै पुगेर हस्तान्तरण गरेका थिए ।