गौरादह । झापाको गाैरादहमा रहेको गाेल्डेन सनराईज माविले विपन्न परिवारलाई राहत वितरण गरेको छ । ५० परिवारलाई १० के जी चामल ,१ केजी दाल, १ केजी नुन वितरण गरिएको प्रिन्सिपल राजकुमार कार्कीले बताए ।
यस्तै दैनिक ज्याला मजदुरी गर्ने परिवारलाई हातधुने साबुन र माक्स वितरण गरिएको निर्देशक गणेश श्रेष्ठले बताए । विद्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत लक डाउनमा परेका परिवारलाई सहयोग हस्तान्तरण गरेको हाे ।