दमक। दमक सबै वडामा लक डाउन प्रभावित बिपन्नहरुका लागि खाध्यान्न राहत पठाएको छ । केही दिन यता दाताहरुले प्रदान गरेको राहतमा नगरपालिकाले समेत थप गरेर चामल, तेल, दाल, चिउरा , साबुन लगायतका सामान १० वटै वाड्मा पठाउने काम भैरहेको प्रमुख प्रसासकिय अधिकृत गणेश तिम्शिनाले जानकारी दिनु भयो ।
दमक ७ का वडाध्यक्ष भिम पौडेलले आजनै राहत बितरन सुरु गरिएको जानकारी दिनु भयो । त्यसैगरी २ नम्बर वडामा पनि आजनै बितरण सुरु भएको वडाध्यक्ष् प्रजापती सापकोटाले जनाउनु भयो ।
सो वडामा ३३३ परिवारलाई राहत प्रदान गरिदैछ । सबै वार्ड्को बिबरन संकलन भैरहेकोेले भोलीदेखी सबै वार्ड्मा बितरन गरिने नगर उपप्रमुख गीता अधिकारीले जानकारी दिनु भयो ।

उहाँले वार्ड्स्तरमा सर्वदलीय निर्णय अनुसार तय गरिएका र सरकारले तोकेको मापदण्ड भित्र परेका नगरबाशी बिपन्नहरु लाई बिना भेदभाव राहत प्रदान गरिने नगरपालिकाले जनाएको छ ।