दमक । नेपाल पत्रकार महा संघ १ नम्बर प्रदेशले कोरोनाको जोखिममा समेत नागरिकलाई सूचना र जानकारीका लागि निरन्तर कृयासिल पत्रकारका लागि राहत प्याकेज ल्याउन माग गरेको छ । महासचिव विवेक गौतमले आज बिज्ञप्ती जारी गर्दै मुलुकमा लक डाउनको अशहज परिस्थितिका बाबजुद पत्रकारहरुले अन्लाईन, रेडियो , टिभी का माध्यमबाट नागरिकहरु लाई निरन्तर सूचना प्रदान गरिरहेका पनि स्मरण गराउनु भएको छ ।
