झापा । झापाको अर्जुनधारा नगरपालिका ८ का गोपी पोर्तेलको घरमा आगलागी हुँदा अन्दाजी ५ लाख मूल्य बराबरको क्षति भएको छ ।
आइतवार राती साढे ८ बजे पोर्तेलको टिनको छानो भएको १ तले घरको भान्छा कोठामा खाना पकाउने क्रममा ग्याँस लिक भई आगलागी हुँदा घर सहित घर भित्र रहेको सम्पूर्ण सामान जलेर नष्ट हुँदा उक्त मूल्य बराबरको क्षति भएको हो । उक्त आगलागी दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा राती ९ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

Facebook Comments Box