झापा दमकस्थित कर्नरस्टोन फाउन्डेसनका सस्थापक प्रीन्सिपल युवराज गजमेरले दमक १ स्थित मनकामना टोलका बिपन्न १२० परिवारलाई आज खाध्यन्न राहत वितरण गर्नु भएको छ ।

उहाले आफ्नै घरमा छरछिमेकी हरुलाइ बोलाएर चामल, तेल, दाल लगायतका सामान बितरन गर्नु भएको हो । गजमेर लायन्स क्लब ईस्टन लायनका सदस्य पनि हुनुहुन्छ ।

उहाले प्रति परिवार १ बोरा चमाल, १ केजी दाल. १ लिटर तेल, १ किलग्राम नून वितरण गरिएको उहाले जनाउनु भयो । दमकका युवराज गजमेरले १२० परिवारलाई खाध्यन्न सामाग्री दिए

Facebook Comments Box