दमक २ का वडा अध्यक्ष सहित दाताहरु बाट ठुलो मात्रामा खाध्यान्न राहत प्रदान

Author Nishkarsha News
२०७६ चैत्र २०, बिहीबार १७:५९

दमक/ झापाको दमक २ का वडा अध्यक्ष प्रजापति सापकोटा सहित स्थानीय दाताहरुले कोरोना प्रभावित हरुका लागि आज ठुलो मात्रामा खध्यान्न राहत नगरपालिकाको राहत कोषमा प्रदान गरेका छन् ।

सापकोटाले १ हजार २५० केजी , गुणराज थापाले २ हजार केजी चामल , १०० केजी दाल र १०० लिटर खानेतेल, भक्त बहादुर निङ्लेखुले १२५ केजी चामल, सुभकामना सहकारीले ५०० केजी चामल, बिजय बरालले २०० केजी चामल , सुर्योदय राइस् मिलले १०० केजी, सिंहदेबि राइश मिलले १०० केजी, भागवत दुलालले १०० केजी, प्रथम धिमालले १०० केजी चामल र पर्शुराम भट्टराइले खानेतेल १० लिटर खानेतेल राहत स्वरुप प्रदान गरेका हुन ।

नगरपालिकाले एक्द्वार प्रणालीबाट राहत प्रदान गर्ने निर्णय गरेकाले वडामा संकलन भएको सबै राहत सामग्री हस्तान्तरण गरिए पनि सो राहत सामग्री २ नम्बर वार्दमा बितरन गरिने वार्द अध्यक्ष सापकोटाले जनाउनु भयो । सो वडामा ४७ वटा टोलका कुल ३३३ परिवारलाई सो राहत प्रदान गरिने निर्णय भएको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्