झापाको दमकमा रहेका लायन्स क्लब ईन्टरनेसनल डिस्ट्रिक ३२५ A 1 अन्तर्गतका १२ वटा क्लबसहित विभिन्न संस्थाले ३ हजार ३ सय केजी चामल कोरोना रोकथाम तथा राहत कोषमा प्रदान गरेका छन ।

सोका लागि नगरमा रहेको समन्वय समितिलाई १२ लायन्सका तर्फबाट २ हजार केजी, सिवालिक निर्माण सेवाले १ हजार केजी र किवानिज क्लबले ३ सय केजी चामल हस्तान्तरण गरेका हुन ।

लायन्स लिडर बबरजङ थापा किरन , सिवालिक कम्पनीका केन्द्र बहादुर प्रसाईं र किवानिजका अध्यक्ष रबी केसी लगायतले सो चामल नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी र प्रमुक प्रसासकिय अधिकृत गणेश तिम्शिनालाई हस्तान्तरण गरेका थिए ।

 

 

Facebook Comments Box