कर्णाली सहकारीले दियो दमकमा ५० हजारको राहत

Author Nishkarsha News
२०७६ चैत्र १८, मंगलवार १९:३२

झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहि दमकमा समेत सेवा केन्द्र संचालन गर्दै आएको कर्णाली बचत तथा रिन शहकारी सस्थाले दमक ३ का अति बिपन्न परिवारका लागि आज ५० हजार रुपैयाँ बराबरको खाध्यन्न राहत प्रदान गरेको छ ।

सो राहत सामग्री नगरपालिकालाई आज प्रदान गरिएको र नगरपालिकाले उनिहरुलाइ संस्थाको समेत प्रतिनिधित्व गराएर लक्षित समुदायलाई हस्तान्तरण गर्ने जानकारी गराएको सहकारीका दमक साखा सम्योजक केसब दाहालले जानकारी दिनु भयो ।

राहत सामग्री नगरपालिकाकि उप प्रमुख गीता अधिकारी र प्रमुख प्रसासकिय अधिकृत गणेश तिम्शिनालाइ हस्तान्तरण गरिएको थियो । सम्योजक दाहाल र कर्मचारी चैतन्य अधिकारीले चामल, तेल, दाल लगायतका राहत सामान हस्तान्तरण गर्नु भएको जनाइएको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्