
नेपाली कांग्रेस दमक ५ ले कोरोना प्रभावित अति विपन्न,मजदुर र दैनिक ज्यालादारी मा जीवन जिउने दमकबाशीलाई राहत प्रदान गर्न सहयोग रकम जुटाएको छ ।
पार्टीले राहत अभियान अन्तर्गत नेपाली कांग्रेस वडानं ५ वडा समिति ले चैतन्य_बराल को संयोजकत्वमा राहत कोष संकलन गरेको हो । पार्टीका वार्ड सभापति राजु राउत, सम्योजक बराल लगायतको सकृयतामा जारी संकलनको क्रममा ११ जनाबाट कुल २२ हजार रुपैयाँ जुटएको बराल ले जानकारी दिनु भयो । सो रकम नेपाली कांग्रेस नगरसमिति मार्फत दमक नगरपालिका राहत कोष लाई हस्तान्तरण गरिने उहाले जनाउनु भयो । दाताहरूको विवरण यस प्रकार छ ।
१. चैतन्य बराल रु २०००/-
२. राजु राउत रु २०००/-
३. भिम ब. भट्टराई रु २०००/-
४. सुरेन्द्र कटुवाल रु २०००/-
५.शन्तोष गौतम रु २०००/-
६.धन ब. भट्टराई रु २०००/-
७. अर्जुन कार्की रु २०००/-
८.कृष्ण भट्टराई रु २०००/-
९. शकुन्तला भट्टराई रु २०००/-
१०. अम्विका भट्टराई रु २०००/-
११. एलिशा अोली रु २०००/-
पार्टीले यो अभियान मा जोडिन चाहने अन्य व्यक्तित्व हरुलाई पनि आव्हान गरेको छ ।