नगरपालिका को कोषमा कांग्रेस साम्सद लिम्बुले दिइन १० हजार

Author Nishkarsha News
२०७६ चैत्र १५, शनिबार ११:२२

दमक/ नेपाली कांग्रेसकि साम्सद महेन्द्र कुमारी लिम्बुले दमक नगरपालिकाले स्थापना कोरोना रोकथाम तथा उपचार कोषमा नगद १० हजार रुपैयाँ प्रदान गर्नु भएको छ । स्वर्गीय बुबा मुगाधन र आमा कृष्ण कुमारी राई स्मृति प्रतिस्थानको तर्फबाट साम्सद लिम्बुले सो रकम आज नगर प्रमुख रोम नाथ ओलीलाइ हस्तान्तरण गर्नु भयो ।

वहाले कोरोना प्रभावित तथा लक दाउन को कारण दैनिक ज्यालादारी मा निस्किन नसकी जीवन गुजारामा समस्या ब्यहोरिरहेका मजदुर बर्गका लागि पनि २ बोरा चामल प्रदान गर्नु भएको छ । सो अवसरमा नगर प्रमुख ओली , उप प्रमुख गीता अधिकारी लगायतले धन्यवाद व्यक्त गर्नु भएको थियो ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्