गौरीगन्ज/ झापाको माइ पश्चिम् क्षेत्रमा भारत बाट एक साता यता भित्रिएका नेपाली हरु स्वास्थ परिक्षण बिनानै गाउँमा बसेपनि उनीहरुका बारेमा कसैले चासो नदेखाएको गुनाशो छ । दिल्ली , पन्जाब , केरला लगायतका शहर मा रोजगारी गरेर फर्किएका हरुका कारन स्थानीय हरु त्रासमा परेका हुन ।
उनीहरुले हेल्चेक्रही गरिदिदा अन्य सर्वसाधारण पनि कोरोनाको शम्भाबित जोखिममा पर्ने त्रास बढी भएको गौरिगन्ज १ महाभाराका युवा खगिन काफ्लेले बताएका छन । त्यस क्षेत्रमा सरकार ले घोषणा गरेको लक डाउन समेत कार्यन्वन हुन नसकेको स्थानीयको गुनासो छ । यस्तै अवस्था रहि रहे आफुहरु आफै त्यस्ता नयाँ मानिस हरुलाइ प्रबेस रोक्न शकृय हुन पछि नहत्ने स्थानीय निर्मला तामाङ्ले बताइन।
यश अघि दिल्ली बाट आएका कोहोबराका एक युवामा उच्च ज्वरो आउने समस्या थियो ।
