तीन जना क्वारेन्टाइनमा

Author Nishkarsha News
२०७६ चैत्र ११, मंगलवार १३:४१

विदेशबाट भर्खरै नेपाल आएका झापाका तीन जनालाई आजदेखि जिल्लाको चन्द्रगढीस्थित क्वारेन्टाइनमा राखिएको छ । झापा ,गौरादह नगरपालिका वडा नम्बर ९ स्थित वैगुनधुराका दुई जना र शिवसताक्षी नपा १० स्थित माईधारका एक जनालाई आज संक्रमणको सावधानी स्वरुप क्वारेन्टाइनमा राखिएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कोमल ठाकुरले वताउनुभयो । प्रहरीले तीनै जनालाई संक्रमण हुनवाट जोगाउन क्वारेन्टाइनमा पठाएको उहाँले जानकारी दिनुभयो ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्