दमक/  नेकपा सम्बद्ध राष्ट्रिय युवा संघ झापाले कोरोना भाइरसको संक्रमण फैलिने जोखिमबाट टाढा रहन आव्हान गर्दै आज दमकस्थित दमक बसपार्क परिसरमा सर्वसाधारणलाई निशुल्क मास्क वितरण गरेको छ ।


संघले पार्टी केन्द्रिय सदस्य देवेन्द्र दाहाल, प्रदेश कमिटी सदस्य समेत रहेका गगन पुरी लगायतका नेताहरुलाई समेत संलग्न गराएर मास्क वितरण गरेको हो ।
संघका जिल्ला अध्यक्ष शम्भु भण्डारीले बसपार्क परिसरमा एक हजार मास्क वितरण गरिएको जानकारी दिनु भयो ।

दमक ८ स्थित बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा कायम गराउन खोजेको अभियोग लागेका पार्टीका प्रदेश कमिटी सदस्य पुरी करिब दुई ÷अढाई महिना अघिदेखि प्रहरीको फरार सूचीमा हुनुहुन्थ्यो । उहाँ शुक्रबार मात्रै जिल्ला अदालत झापामा उपस्थित भएर १ लाख ८० हजार रुपैयाँ धरौटीमा रिहा हुनुभएको हो । नेता पुरी सो प्रकरण चलेपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिनु भएको हो ।

Facebook Comments Box