ईलाम/  ईलाम नगरपालिका ९ साखेजुङका दिपन राईका ३ बर्षिय छोरा निनामहाङ राईको माछा पोखरीमा डुबेर मृत्यु भएको छ ।

शनिवार दिउँसो १ बजे घरमा खेलिरहेका नावालक अचानक घर नजिकैको माछा पोखरीमा डुबेका थिए । उनको उपचारका लागि जिल्ला अस्पताल ईलाम लगिएकोमा उपचारको क्रममा दिउँसो सवा २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

Facebook Comments Box