दमक/ बहराइनमा रोजगारीका लागि गएका तीन जना नेपालीमा कोरोनाको सङ्क्रमण देखिएको छ । कोरोनाको शंका लागेका छ जना मध्ये अन्तिम परीक्षणमा तीन जनामा कोरोना देखिएको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले जानकारी दिनुभयो ।
उहाँका अनुसार अरु तीन जनामा कोरोना नेभेटिभ देखिए पनि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ । बहराइन सरकारले जारी गरेको सुरक्षा सतर्कता पालना गर्न र कुनै समस्या भएमा नेपाली दूतावासमा सम्पर्क गर्न राजदूत सुन्दारले आग्रह गर्नुभयो ।
अहिलेसम्म बहराइनको स्वास्थ्य मन्त्रालयका अनुसार अहिले ३१० जनामा कोरोनाको सङक्रमण भएको छ । त्यसमध्ये १२५ जना निको भएका छन् भने १८४ जनाको उपचार भइरहेको छ । एक जनाको ज्यान गइसकेको छ ।