दमक/ ऐलानी प्रति जग्गा व्यक्तिका नाममा कायम गराउन सरकारी कागजात दुरुपयोगको अभियोगमा मुद्धा दर्ता गरिएका झापा दमकका रेवतराज पुरी गगन आज शुक्रबार धरौटीमा रिहा भएका छन् ।

उनी करिब दुई महिनादेखि फरार सूचीमा थिए । पुरीमाथि लागेको सो मुद्धाका कारण शुक्रबार उनी झापा जिल्ला अदालतमा उपस्थित भएका थिए । अदालतले उनीसंग १ लाख ८० हजार रुपैयाँ धरौटी माग गरेपछि सो धरौटी वापतको रकम बुझाएर उनी रिहा भएका बताइएको छ ।
पुरीले सो लगत्तै आफ्नो फेसबुक वाल मार्फत आफू सम्मानित झापा जिल्ला अदालतमा उपस्थित भएको जानकारी समेत गराएका छन् । उनले सो प्रकरणमा अदालतप्रति सम्मान व्यक्त गर्दै सो प्रकरणमा आफूलाई सहयोग गर्ने सबैलाई धन्यावाद दिएका छन् ।