दमक/  नेपाली राजनीतिका शिखर पुरुष गिरीजा प्रसाद कोइरालाको १० औ स्मृति दिवसका अवसर पारेर तीन जना प्रजातन्त्र सेनानीहरुलाई सम्मान गरिएको छ ।
जिपी फाउण्डेशनले प्रजातान्त्रिक आन्दोलनमा योगदान पुरयाँउने कमल गाँउपालिका ५ निवासी पूर्णानन्द शर्मा, मरणोपर्यन्त हरि वहादुर राई र ऋषिकेश सुवेदीलाई सम्मान गरिएको हो ।


कमल गाँउपालिकास्थित लखनपुरमा शुक्रवार एक कार्यक्रम गरि तीनै जना योद्धाहरुलाई सम्मान गरिएको  थियो . कार्यक्रममा पार्टीका क्षेत्र नम्बर ५ का सभापति ढुण्डिराज भण्डारी, महासमिति सदस्य शुरेस सुब्बा,शेरवहादुर भटराई,दिलबहादुर वुढाथोकी,जिल्ला सदस्य हुकुमसिंह राई, रवि न्यौपाने,विक्रम अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box