धरान/ धरान १६ का ९० बर्षीया आशा देवी रानाको जलेर मृत्यु भएको छ ।
आज बिहान साढे ४ बजे आफ्नै घरको पुजा कोठामा धुपबाती बाल्ने क्रममा आफैले लगाएको कपडामा अचानक आगो सल्किएपछि जलेर घाइते भएकी रानाको उपचारका क्रममा मृत्यु भएको हो ।

आशादेवीको शरिरका बिभिन्न भागहरुमा जलेको थियो । उनको उपचारको क्रममा बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Facebook Comments Box