पथरी/मोरङको सुनवर्सी नगरपालिका ८ मिलन चोकबाट लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आज दिउँसो १ बजे मे ४ प ७७३७ नम्बरको मोटरसाईकलमा भारतिय बजारबाट नेपाल तर्फ आऊँदै गरेका मोरङको पथरी शनिश्चरे नगरपालिका ६ का २८ बर्षिय काजीमान बि.क. र २८ बर्षिय शिव नारायण चमारलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट कोरेक्स १ बोतल, नाईट्राभेट ४९ ट्याब्लेट र स्पोभन १६ ट्याब्लेट बरामद भएको थियो । उनीहरुका बारेमा अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रङगेलीले जनाएको छ ।

Facebook Comments Box